विद्यार्थीमा उद्यमशीलता प्रवर्द्धन गर्न दुई फन्डसँग एआईटीएम कलेजको सम्झौता

April 13, 2022 

काठमाडौँ — एआईटीएम कलेजले इन्क्युबेसन सेन्टर स्थापना गर्नको लागि ग्लोबल इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डसँग सम्झौता गरेको छ । ग्लोबल इक्विटी फन्डको तर्फबाट फाउन्डिङ म्यानेजिङ पार्टनर डा. मनिष थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

‘ग्लोबल इक्विटी फन्ड एआईटीएम कलेजका विद्यार्थीहरूसँग काम गर्न र इन्क्युबेसन सेन्टरबाट निस्कने उद्यमलाई फण्ड गर्न उत्साहित छ’, कलेज सीईओ डा. रोशन राठीले भनिन्, ‘ग्लोबल इक्विटी फन्डसँग साझेदारी गर्नुको हाम्रो उद्देश्य हाम्रा विद्यार्थीका नवीन व्यवसायिक विचारमा प्लेटफर्म दिएर उद्यमशीलतालाई प्रवर्द्धन गर्नु हो।’

यस इन्क्युबेसन सेन्टरले एमबीएका विद्यार्थीहरूका साथै स्नातक कार्यक्रमका विद्यार्थीहरूको प्रारम्भिक चरणहरूमा रहेको व्यवसायलाई विकास गर्न मद्दत गर्ने बताइएको छ । इन्क्युबेसन सेन्टरले उनीहरूलाई फन्डिङका अवसरहरू पनि प्रदान गर्नेछ । एआईटीएम कलेजका सीएमओ सुशील बुढाथोकीले विद्यार्थीलाई कर्पोरेट एक्सपोजर, सीपमा आधारित शिक्षा प्रदान गर्न र ग्लोबल मार्केटको लागि तयार पार्ने कलेजको उद्देश्य रहेको बताए । एआईटीएम कलेजले हाल १ मास्टर्स स्तर कार्यक्रम, २ स्नातक कार्यक्रम र प्लस टु (विज्ञान र व्यवस्थापन) प्रदान गर्दै आएको छ ।

Scroll to Top